पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

श्रीलंकामा कार रेस दुर्घटना हुँदा ७ जनाको मृत्यु

२०८१ वैशाख १०, सोमवार ०८:२० बजे

कोलम्बो- श्रीलंकामा भएको एक कार रेस दुर्घटना हुदाँ ७ जनाको मृत्यु भएको छ । 

मध्य श्रीलंकाको दियातलावा सहरमा आयोजित कार्यक्रममा एक रेसिङ कार ट्र्याकबाट हटेर भीडमा ठोक्किँदा सात जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार सो दुर्घटनामा परी अन्य २० जना घाइते भएका छन् ।

दियातलावामा फक्स हिल सुपर क्रस २०२४ रेसिङ इभेन्टमा कारले नियन्त्रण गुमाएर दर्शकको समूहलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूको स्थानिय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

श्रीलंकामा सवारीसाधनको दुर्घटना सामान्य मानिन्छ ।  सन् २०२३ मा श्रीलंकामा २,२०० घातक ट्राफिक दुर्घटनाका कारण २ हजार ५ सय ५७ जनाको मृत्यु भएको थियो।