पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

चन्द्रनिगाहपुरमा बृहत् साहित्यिक गोष्ठी तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न

२०८० फाल्गुन ७, सोमबार १०:२५ बजे

राम आचार्य 

रौतहट- साहित्य सञ्लाल रौतहट तथा नेपाल स्रष्टा समाजको संयोजन र वडा नं ५, चन्द्रपुर नगरपालिकको विशेष प्रायोजनमा यही फाल्गुन ६ गते एक भव्य साहित्यिक समारोह तथा सम्मान कार्यक्रम सम्पन्न भयो । चन्द्रपुरको राजनीतिक जागरणमा ऐतिहासिक भूमिका निर्वाह गर्नु हुने व्यक्तित्व स्वतन्त्रता सेनानी स्व. पुण्यप्रसाद दहालको स्मृतिमा आयोजना गरिएको उक्त कार्यक्रम चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष निलहरी कोइरालाको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने "अभिव्यक्ति " द्वमासिक साहित्यिक पत्रिकाका संस्थापक नगेन्द्रराज शर्मा प्रमुख अतिथि हुनुहुन्थ्यो । प्रारम्भमा उपस्थिति सबैलाई स्वागत गर्दै साहित्य सञ्जालका अध्यक्ष माधव काफ्लेले स्व. पुण्यप्रसाद दाहलको सामाजिक योगदान, कार्यक्रमको उद्देश्य र समाजमा साहित्यको उपादयतामाथि प्रकाश पार्नुभएको थियोे ।

चन्द्रपुर नगरपालिका रौतहटको होटल हिमालयनको प्रेक्षालयमा सम्पन साहित्यिक गोष्ठीमा चन्द्रपुर नगर क्षेत्रमा लामो समय शिक्षण पेशामा समर्पित वयोवृद्ध शिक्षक रामकृत चौधरी, संघर्षशील महिलाा मर्जिना खातुन र सामाजिक तथा राजनीतिक अभियन्ता स्व. छविलाल घिमिरेलाई ( मरोणपरान्त) सम्मान समेत अर्पण गरिएको थियोे । उक्त कार्यक्रममा रौतहट- काठमाडौं साहित्य सम्बन्ध सेतु तथा लामो समय रौतहटको भूमिमा बिताउनु भएका साहित्यकार शीतल गिरीको बाह्रौँ कृति " आरम्भ " र चन्द्रपुरका अग्रज डा. शालिग्राम शर्माको कविता सङ्ग्रह "अविनाशी अन्तरा" समेत विमोचन गरियो। विमोचित कृतिहरूमध्ये (अविनाशी अन्तरा)माथि नेपाल स्रष्टा समाजका महासचिव देविका तिमिल्सिना र आरम्भ निबन्ध कृतिमाथि साहित्य सञ्जाल रौतहटका सचिव राम उदितले समिक्षात्मक टिप्पणीसमेत गर्नुभएको थियोे। कार्यक्रममा काठमाडौदेखि आमन्त्रण गरिएका डेढ दर्जन स्रष्टा लगायत सर्लाही ,बारा पर्सा, मकवानपुर ,उदयदेखि आमन्त्रण गरिएका अतिथिहरूको गरिमामय उपस्थिति थियोे । साहित्य सञ्जालका विशेष सल्लाहकार, प्रभावशाली मुक्तककार हरिकृष्ण काफ्लेले सञ्चालन गर्नु भएको करीब ३ घण्टा सञ्चालन भएको साहित्य गोष्ठीमा स्थानीय तथा आमन्त्रित करीब दुई दर्जन कवि कवयित्रीहरूले रचना वाचन गरेका थिए । माधव गोज्याङ्ग्रे( उदयपुर) लम्बोदर काफ्ले ,जीवन आचार्य (सर्लाही ) मसान उपासक , विश्वनाथ सञ्जेल (मकवानपुर ), सरू बस्नेत (बारा) सुषमा आचार्य" अंशु" शान्तिमाया गिरी, देविका तिमल्सिना, तारा सुवेदी, बुद्धिसागर पौडेल, सुभाषचन्द्र पौडेल (भिमफेदिया) (काठमाडौँ) र आलोक कोइराला, तेजविक्रम कार्की, राम उदित, श्यामहरि चौँलागाइँ लक्ष्मी श्रेष्ठ (रेशमी)चन्द्रपुर , रौतहट आदि कवि कवयित्रीहरूको रचना वाचन , बीच बीचमा उद्घोषक हरिकृष्ण काफ्लेको मुक्तकीय प्रस्तुति आदिले कार्यक्रम रौन्कपूर्ण बनेको थियोे । आफूहरूलाई आमन्त्रण गरेर नेपाल स्रष्टा समाज र साहित्य सञ्जाल चन्द्रपुर रौतहटले भव्य कार्यक्रम आयोजना गरेर साहित्यमा मोफसल काठमाडौमा जोडेको तथा नवउदित साहित्य कर्मीहरूमा उत्साह थप्ने प्रशंसनीय काम गरेकोमा प्रमुख अतिथि नगेन्द्र राज शर्माले धन्यवाद व्यक्त गर्नुभयो । सभाध्यक्ष निलहरी कोइरालाले स्व पुण्यप्रसाद दहालको स्मृतिमा यति भव्य साहित्यिक कार्यक्रम आयोजना तथा स्थानीय शिक्षक रामकृत चौधरी, संघर्षशील महिला मर्जिना खातुन ,सामाजिक अभियान्ता स्व छविलाल घिमिरेमा सम्मान अर्पण गर्न पाउँदा आफूलाई गर्व महसुस भएको अभिव्यक्ति दिदै कार्यक्रम समापन गर्नु भएको थियो । कार्यक्रम समापन पश्चात् आमन्त्रित अतिथहरूसाथ सर्लाही भरत ताल भ्रमण तथा लक्ष्मी श्रेष्ठ निवासमा चलेको रात्री कालीन रचना प्रसङ्ग झनै स्मरणीय र रोचक रहेको थियोे ।