पाठशाला न्यूज
 २०८१ बैशाख २७, बिहीबार    

जनमत पार्टीले उपनिर्वाचनमा आफ्नो उमेदवार उठाउने

२०८० फाल्गुन २९, मंगलबार १४:०७ बजे

काठमाडौं : जनमत पार्टीले इलाम र बझाङमा हुने उपनिर्वाचनमा उमेदवार उठाउने निर्णय गरेको छ । पार्टी प्रवक्ता डा. शरदसिंह यादवले दिएको जानकारीअनुसार फागुन २३ गते बसेको केन्द्रीय सचिवालयले उक्त निर्णय गरेको हो ।
आउँदो वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ । सोही दिन बझाङमा पनि प्रदेशसभा निर्वाचन क्षेन नम्बर १ ‘क’ का लागि उपनिर्वाचन हुनेछ ।
यस्तै, सोही बैठकले वर्तमान सत्ता सहकार्यमा नजोडिने पनि निर्णय गरेको उनले जानकारी दिए ।