पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

मधेश प्रदेशको प्रतिवेदन : एक वर्षमा ५ सय ४६ जनाको मृत्यु

२०८० श्रावण ११, बिहीवार ०९:३५ बजे

जनकपुरधाम–मधेश प्रदेश कार्यालय जनकपुरधामले यस प्रदेशका ८ वटै जिल्लाबाट आर्थिक वर्ष ०७९÷०८० मा सवारी दुर्घटनामा ५ सय ४६ जनाको मृत्यु भएको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको अनुसार आर्थिक वर्ष ०७९÷०८० मा भएको ५ हजार ९ सय ८८ वटा सवारी दुर्घटनामा ५ सय ४६ जनाको मृत्यु भएको छ । २ हजार २ सय जना गम्भीर घाइते र ७ हजार ४७६ जना सामान्य घाइते भएका छन् ।
त्यसैगरी, सोही आर्थिक वर्षमा मधेशका ८ वटै जिल्लामा ३ लाख ९३ हजार १८३ जनालाई ट्राफिक कारबाही गरी २६ करोड ८६ लाख ८६ हजार ५ सय रुपैयाँ राजस्व उठाउन सफल भएको छ । प्रहरीले गत आर्थिक वर्षमा ९ सय ८७ वटा सवारीसाधनसमेत पक्राउ गरेको छ । सवारी दुर्घटना अत्यधिक गति, मापसेलगायतका कारणले दुर्घटना भएको जनाएको छ । मोटरसाइकल दुर्घटना ट्राफिक नियम पालन नगरेको र अत्यधिक गतिको कारण भएको जनाइएको छ ।
बढ्दो दुर्घटनालाई ध्यानमा राखी दुर्घटना न्यूनीकरण गर्न प्रदेशका ८ वटै जिल्लामा ६ हजार ३ सय ६ पटक चेतनामूलक कार्यक्रम गरेकोमा ५ लाख २६ हजार १२१ जनालाई ट्राफिक सम्बन्धी जनचेतना जगाएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । ट्राफिक सम्बन्धी जनचेतना जगाउने उद्देश्यले विभिन्न विद्यालयहरु, क्याम्पसमा अध्ययन छात्रछात्राहरुलाई ट्राफिक सम्बन्धी कक्षा लिने तथा सार्वजनिक चोकहरुमा ट्राफिक सम्बन्धी पर्चा पम्पलेट वितरणदेखि सूचना मार्फत सर्वसाधारणलाई सचेत गराउने गरेको उनले बताए ।