पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

रौतहटका बरिष्ठ पत्रकार मिश्रा सम्मानित

२०८० फाल्गुन ५, शनिबार १३:२९ बजे

रौतहट : रौतहटमा क्रियाशील बरिष्ठ पत्रकार सञ्जय मिश्रा लाई एक समारोहका बिच सम्मानित गरिएको छ।
स्थानिय देवाही गोनाही नगरपालिकाको सभाकक्षमा शुक्रवार अख्तियार दूरुपयोग अनुसन्धान आयोगको ३३ औं स्थापना दिवसको अवसरमा सुशासन र सेवा प्रवाहमा स्थानिय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा वरिष्ठ पत्रकार मिश्रालाई सम्मानित गरिएको हो ।
भ्रष्टाचार विरुद्ध खुलेरै कलम चलाउने , खोजमूलक समाचार संगै लेख्नमा सदैव क्रियाशील रहेको भन्दै राष्ट्रीय योजना आयोगका वरिष्ठ सदस्य रामकुमार फुयाँलले पत्रकार मिश्रालाई खाँदा ओढाएर कदरपत्र बाट सम्मानित गरेका थिए ।
पत्रकार मिश्रा रौतहटमा रहेर दुईदशक भन्दा बढी समय देखि क्रियाशील पत्रकारिता गर्दै आधादर्जन मीडिया संग आब्द रहेका छन । उनी काठमाडौं बाट संचालित रातोपाटी अन्लाईन,न्युज कारखाना,बिरगंज बाट प्रकाशित हुने मधेश दृष्टि दैनिक लगायतका मीडिया संग आब्द रहेका छन भने कटहरिया एफएमका स्टेसन म्यानेजरको जिम्मेवारी समेत सम्भालेका छन । उनी प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य हुन् ।