पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

गृहमन्त्री लामिछानेको मुद्दामा दुई न्यायाधीशको राय बाझियो

२०८१ आषाढ २०, बिहीवार १९:५० बजे

काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको पदमुक्त गर्नुपर्ने मागदावी सहित परेको रिटमा दुई जना न्यायाधीशको राय बाझिएको छ ।

दुई न्यायाधीशको राय बाझिएको अवस्थामा उनीहरुबाहेक अन्य तीन जना रहने पूर्ण इजलासमा मुद्दाको सुनुवाई गर्नुपर्ने हुन्छ । 

सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीले सुनवाईमा न्यायाधीशद्वयको राय बाझिएपछि उक्त मुद्दाले हालसम्म निचोड पाउन सकेन ।