पाठशाला न्यूज
 २०८१ जेष्ठ ८, मङ्गलवार    

सह–महामन्त्री यादवमाथि कस्ले गरे खुकुरी प्रहार ?

२०८० भाद्र २०, बुधवार २३:५९ बजे

काठमाडौं–नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ । बुधबार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भएर निकिस्ने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो ।
प्रहरीका अनुसार अन्तरक्रिया कार्यक्रममै सहभागी ४७ वर्षीय श्यामबहादुर सापकोटाले सहमहामन्त्री यादव क्लबबाट निस्किना साथ पछाडिबाट खुकुरी हानेका हुन् । नुवाकोटको विदुर नगरपालिका–७ तुप्चे घर भई बालाजु बस्ने सापकोलाई खुकुरीसहित नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्री बताउँछन् ।
टाउकोमा पछाडिको भागमा गहिरो चोट लागेका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको तर अब्जरभेसनका लागि आईसीयूमा राखिएको ट्रमा सेन्टरले जनाएको छ । उनको अवस्था बुझ्न कांग्रेस सभापति शेरबहादुर देउवा आफैं अस्पताल पुगेका थिए । कांग्रेसका अरु नेताहरु पनि भेट्न पुगेका छन् ।