पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

नेपालले आज बहराइनको सामना गर्दै

२०८० चैत्र १३, मंगलबार १८:४१ बजे

काठमाडौं- फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गतनेपालले आज बहराइनसँग खेल्दै छ । बहराइनको राष्ट्रिय रङ्गशालामा हुने यो खेल नेपाली समय अनुसार आज राति १२: ४५ बजेदेखि सुरु हुनेछ । 

विश्वकप छनौट अन्तर्गत नेपालले अहिलेसम्म खेलेका  तिनै खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा युएईसँग ४-२ , यमनसँग २-० र बहराइनसँग ५-० गोल अन्तरले पराजित भएको थियो । 

नेपाल विश्वकप छनौटमा समूह ‘एच’मा रहेको छ । नेपालको ससमूहमा बहराइन, यमन र संयुक्त अरब इरिमेट्स छन् । यस समुहमा युएई ९ अंकसहित शीर्ष स्थानमा छ भने बहराइन ६ अंकसहित दोस्रो र यमन ३ अंकसहित तेस्रो स्थानमा छ । त्यस्तै नेपाल भने अंकविहिन हुदै पुछारमा रहेको छ ।  

नेपाली टोलीमा गोलकिपर किरण चेम्जोङसहित विशाल सुनार र अभिषेक राई छन् । त्यसैगरी डिफेन्डरमा अभिषेख लिम्बु, अनन्त तामाङ, छिरिङ लामा, अजय चौधरी, शनिस श्रेष्ठ, सौभाग्य राई र सुमित श्रेष्ठ छन् ।  त्यस्तै मिडफिल्डरमा भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की र उत्सव राई छन् भने फरवार्डमा अन्जन विष्ट, दीनेश हेन्जन, समिर तामाङ, सञ्जिव विष्ट, हिसुब थपलिया र जिलेस्पीजङ्ग कार्की छन् ।