पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

नेकपा एमाले संसदीय दलको बैठक बस्दै

२०८० फाल्गुण २९, मङ्गलवार ०९:३५ बजे

फाईल तस्वीर

काठमाडौं : नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
बैठक आज दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेगरी बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिनेछन् । एमालेले आजको बैठकमा आफ्ना सांसदलाई विश्वासको मत दिन ह्विप जारी गर्ने जनाइएको छ ।
यही फागुन २१ गते माओवादी केन्द्रले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
गठबन्धन दलले सरकारप्रतिको समर्थन फिर्ता लिए पछि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले एक वर्षमा तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । गत वर्ष पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले एमालेसँगको सहकार्य तोडेर कांग्रेससँग सहकार्य गरेका थिए ।