पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

इजरायलमा ज्यान गुमाएकाहरु प्रति दिप प्रज्वलन गर्दै नमुना युवा क्लवद्धारा श्रद्धाञ्जली व्यक्त

२०८० आश्विन २३, मङ्गलवार २०:२८ बजे

चन्द्रपुर/रौतहट- मंगलबार साँझ रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं ३ स्थित नमुना युवा क्लवले इजरायलमा मारिएकाहरुको सम्झनामा दिप प्रज्वलन गरि श्रद्धाञ्जली व्यक्त गरेको छ । 

 

केहि दिन देखि हमास लडाकुहरूले इजरायलमा गरेको अप्रत्याशित आक्रमणपछि दर्जनौं विदेशी मारिएका, बेपत्ता वा बन्धक बनाएको विवरणहरु सार्वजनिक भएको थियो जसमा हमासको आक्रमणबाट हालसम्म इजरायलमा ९०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने इजरायली सेनाले गाजामा गरेको जवाफी हमलामा हालसम्म झण्डै ७०० जनाको मृत्यु भएको छ ।

उक्त हमलामा १० नेपाली विद्यार्थीहरुको पनि ज्यान गएको थियो। 

सो हमलामा ज्यान गुमाउने नेपाली लगायत सम्पूर्ण बिदेशीहरुको परिवारजनमा धैर्य धारण गर्ने क्षमता मिलोस् भन्ने कामनाका साथ नमुना युवा क्लवले इजरायलमा ज्यान गुमाएका सम्पुर्ण मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै आज साँझ दीप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरेको क्लबका एक सदस्यले बताएका छन्।