पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

क्रिप्टो कारोबारमा संलग्न आईटी अध्ययनरत ७ विद्यार्थी पक्राउ

२०८० माघ १६, मङ्गलवार १८:२२ बजे

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमवार काठमाडौं तथा ललितपुरका विभिन्न ठाउँबाट अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आरोपमा सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २४ वर्षीय मिथलेश कुमार मण्डल, २४ वर्षीय मुरारी साह, २४ वर्षीय आर्यन साह, २४ वर्षीय अनिशकुमार रौनियार, २६ वर्षीय रोशन चौधरी, २३ वर्षीय शिवम कुमार यादव, २४ वर्षीय हरिशंकर चेधरी रहेका छन् । उनीहरू सबैको घर सिराहा हाे । 

प्रहरीका अनुसार कार्यालयलाई विभिन्न व्यक्तिहरू अवैध क्रिप्टोकरेन्सी (Bitcoin, cash app)मार्फत जुवा, मिल्किवे, गेमभल्ट, फायरकिरिन, भेगास स्विप्स, ओरियन स्टार जस्ता खेल खेलाउने गरेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो । त्यसैका आधारमा कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

उनीहरू काठमाडौंका विभिन्न क्याम्पसमा पढ्दै आएका थिए । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमध्ये अधिकांश सूचना प्रविधि पढ्दै गरेका विद्यार्थी हुन् । यो समूहका मुख्य नाइके २४ वर्षीय मिथलेश कुमार मण्डल रहेको प्रहरीले जनाएको छ ।