पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

पेट्रोलमा ११ रुपैयाँ, डिजलमा ५ रुपैयाँले घट्यो ईन्धनको मूल्य

२०८० आश्विन २८, आइतवार १९:५४ बजे

काठमाडौं - नेपाल आयल निगमले स्वचालित प्रणाली अनुसार मूल्य समायोजन गरेको छ ।

आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले पेट्रोलको मूल्यमा प्रतिलिटर ११ रुपैयाँ घटाएको छ भने डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । 

जसअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।