पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

उपेन्द्र यादव चौथो वरीयताका उपप्रधानमन्त्री

२०८० फाल्गुण २७, आइतवार १४:५५ बजे

काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य मन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा आइतबार पुनर्गठन गरिएको मन्त्रिपरिषद्‌मा यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शपथ लिएका हुन्। यादवले आइतबार नै कार्यभार सम्हालिसकेका छन्।

वर्तमान मन्त्रिपरिषद्‌मा हालसम्म चार जना उपप्रधानमन्त्री नियुक्त भएका छन्। त्यसमध्ये यादव चौथो वरीयतामा छन्। प्रधानमन्त्री प्रचण्डपछिका उपप्रधानमन्त्रीको वरीयताको सबैभन्दा माथि रघुवीर महासेठ छन्। उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुन्।

त्यस्तै, महासेठपछिको वरीयतामा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ छन्। उनीपछिको वरीयतामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका रवि लामिछाने छन्। उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ। लामिछानेपछिको वरीयतामा यादव छन्।

यादवले विभिन्न योसहित चौथोपटक मन्त्री भएका हुन्। उनी तेस्रोपटक उपप्रधानमन्त्री भएका हुन्।