पाठशाला न्यूज
 २०८२ पौष ४, शुक्रवार    

नेपाल भ्रमण सकेर स्वदेश फर्किए भारतीय विदेशमन्त्री एस जयशंकर

२०८० पौष २०, शुक्रवार १३:२१ बजे

काठमाडौं : नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किएका छन्। नेपालको २ दिने भ्रमण सकेर जयशंकर शुक्रबार मध्याह्न नयाँ दिल्ली फर्किएका हुन् ।
विदेशमन्त्री जयशंकरलाई परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले विमानस्थलमा बिदाइ गरिन् ।
नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर बिहीबार नेपाल आएका थिए । बिहीबार नै उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता समेत गरेका थिए ।
उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गरे । जयशंकरको नेपाल भ्रमणका क्रममा नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार लगायत अन्य सम्झौतामा हस्ताक्षर भयो ।

शुक्रबार स्वदेश फर्किनु अगाडि उनले बिहान पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजा गरे। यस्तै, शुक्रबार नै त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय भवनको उद्घाटन समेत गरे । त्रिवि केन्द्रीय पुस्तकालयको भवन भारत सरकारको सहयोगमा निर्माण भएको हो ।