पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

प्रधानमन्त्री प्रचण्ड र गौर हत्याकाण्डका पीडितबीच भेटवार्ता

२०८० श्रावण २०, शनिवार ११:५५ बजे

काठमाडौं–गौर हत्याकाण्डका पीडितले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।
गौर हत्याकाण्डका पीडित संघर्ष समितिको टोली न्यायको माग गर्दै आज शनिवार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेको हो ।
भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले छिट्टै सचिवको नेतृत्वमा वार्ता टोली बनाउने र ठोस सहमति गर्ने बताएको संघर्ष समितिको संयोजक रुपसागर देवीले जानकारी दिइन् ।
गौर हत्याकाण्डका पीडितहरू लामो समयदेखि न्यायका लागि संघर्ष गरिरहेका छन् । उनीहरूले धर्ना र प्रदर्शनलगायतका आन्दोलनका कार्यक्रम गररहेका छन् ।
पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले आज छलफल गरेका हुन् ।