पाठशाला न्यूज
 २०८१ बैशाख १५, शनिबार    

बलरामा एक युवती घरमै मृत फेला, पति र ससुरा फरार

२०८० माघ १८, बिहीबार १०:४३ बजे

सर्लाही : सर्लाहीको बलरामा एक युवती घरमै मृत फेला परेकी छन्। मृत्यु हुनेमा बलरा नगरपालिका–४ जब्दी बस्ने छोटेलाल सहनीकी २१ वर्षीया श्रीमती पूजा देवी छिन् ।
मंगलबार राति घरमै उनको शव शंकास्पद अवस्थामा फेला परेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रविन धितालले जानकारी दिए । मृतक पूजा देवीको घाँटीमा डाम देखिएको र उनका पति छोटेलाल तथा ससुरा जयनारायण सहनी फरार भएकाले घटना शंकास्पद बनेको एसपी धितालको भनाइ छ ।
घटना हुनुअघि घरमा विवाद भएको जानकारी समेत स्थानीयबाट पाएको प्रहरीले जनाएको छ ।
घटना अनुसन्धानका लागि मृतक पूजा देवीकी सासु बनारसी देवीलाई नियन्त्रणमा लिइएको एसपी धितालले बताए ।