पाठशाला न्यूज
 २०८१ बैशाख २९, शनिबार    

बि.स.२०८० साल,पौष ०२ गते सोमवारको राशिफल

२०८० पौष २, सोमबार ०९:०९ बजे

बि.स.२०८० साल,पौष ०२ गते सोमवार, १८ डिसेम्बर २०२३ । मार्ग शुक्लपक्ष षष्ठी तिथि, १८ः२४ बजेपछि सप्तमी । शतभिषा नक्षत्र । चन्द्रराशि कुम्भ ।
मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउनेछ । तर, आफ्नो प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् । लाभको अवसर मिले पनि फाइदा अरूलाई सुम्पनुपर्ने हुन सक्छ । धनमाल सुरक्षामा ध्यान पुर्याउनुहोला ।
वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह
मिहिनेत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् । टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ । धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।
कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समयमै समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । सामान्य काममा धेरै धन र परिश्रम खर्चनुपर्ला । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ । आफ्नो वस्तुमा अरूले दाबी गर्लान् । बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ ।
सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे
काममा साथीभाइको सहयोग जुट्नेछ । धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ । अतिथिको रूपमा सत्कार पाइएला । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । व्यवसायले रमाइलो यात्रा गराउन सक्छ । प्रियभेट हुनुका साथै विशेष उपहार प्राप्त होला । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ ।
कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ । प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्गे फाइदा हुने समय छ ।
तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते
शुभचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ ।
वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ । नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन् । तर मिहिनेत गर्दा जटिल ठानिएको काम पनि सम्पादन हुनेछ । रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अनावश्यक साइनो गाँसी नजिकिनेहरूबाट सावधान रहनुहोला ।
धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । काममा मिहिनेतको फल प्राप्त हुनेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन् । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ ।
मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । बेसुरमा वचन दिने बानीले भने समस्या निम्त्याउनेछ । सानो भूल गर्दा मिहिनेतको फल अरूलाई सुम्पनुपर्ला । आर्थिक क्रियाकलापमा सामान्य फाइदा हुनेछ ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । व्यवसायतर्फ भने हिसाबकिताबमा अलि होसियार रहनुहोला ।
मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । समय दिन नसक्दा बन्न लागेको कामसमेत बिग्रन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ला । तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ । समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला । आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला । यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ ।

(राशिफलले जे–जस्तो भनेपनि तपाईहरुको दिन शुभ रहोस् )