पाठशाला न्यूज
 २०८१ बैशाख १८, मंगलबार    

हुम्लामा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते

२०८० चैत्र १०, शनिबार १७:४९ बजे

हुम्ला- हुम्लाको अदानचुली गाउँपालिका-४ मा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा दुई जनाको ज्यान जानुका साथै छ जना घाइते भएका छन्।

सु प ०१००१ नम्बरको गाडी आज दिउँसो पाम्सको मोडमा दुर्घटना भएको हो। मृतक र घाइतेको उद्धार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे विस्तृत जानकारी प्राप्त नभइसकेको प्रहरीको भनाइ छ।