पाठशाला न्यूज
 २०८१ बैशाख २८, शुक्रबार    

धारापानी लगायतका स्थानहरुमा भिषण आगलागी

२०८१ बैशाख ८, शनिबार २३:१८ बजे

अर्घाखाँची- अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा भीषण आगलागीका भएको छ । 

भूमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्कलगायतका गाउँमा भएको भीषण आगलागीबाट झण्डै २० घर गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलले पाठशाला न्युजलाई बताएकाछन्।

भीषण आगोले गाउँ नै सखाप भएको बाजाखर्कमा प्रहरी, दमकल, स्थानीयले आगो निभाउने प्रयास गरिरहे पनि नियन्त्रण बाहिर रहेको प्रहरी निरीक्षक रावलको भनाइ छ । 

हालसम्म मानवीय क्षति नभए पनि पशुचौपाया र घर गोठ जलेका छन् तर क्षतिको यकिन विवरण आउन नसकेको प्रहरीको भनाइ छ ।

यसैगरी पाणिनी गाउँपालिका-३ खुलैलेमा पनि तीन घर गोठ जलेर नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट गएको टोली र स्थानीयको टोलीले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छन् ।