पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

सनी देओल नपुगेपछि ‘गदर २’ को पोस्टर जलाइयो

२०८० श्रावण २४, बुधवार १७:५६ बजे

काठमाडौं–पञ्जाबको गुरदासपुरका सांसद समेत रहेका अभिनेता सनी देओल आगामी फिल्म ‘गदर २’को प्रमोशनमा व्यस्त छन् ।
केही दिनअघि सनी देओल अमृतसरको श्री दरबार साहिब गएका थिए । उनी अटारी बोर्डरमा आफ्नो फिल्मको प्रमोशनमा पनि देखिएका थिए । तर, गुरदासपुर नजिक जाँदा पनि उनी त्यहाँ नपुगेपछि नागरिकहरू आफ्ना सांसदसँग आक्रोशित भएका छन् ।
मंगलबार गुरदासपुरमा सनी देओलको विरोधमा प्रदर्शन भएको थियो। केही व्यक्तिले सनी देओलको फिल्म ‘गदर २’ को पोस्टर जलाएर फिल्म बहिष्कार गर्न अपिल गरेका छन् ।

अमरजोत सिंह र अमृतपालले सनी देओलको असफलता भएको बताएका छन् । अमृतपालले सनी देओललाई जनताले विश्वास गरेको र उनले जनतालाई धोकामा राखेर गुरदासपुर नगएको बताए ।
अमरजीत लगायत धेरै युवाहरूले सनी देओलको विरुद्ध नारा लगाए र शहरमा ‘गदर २’ बहिष्कारको आह्वान गर्दै पोस्टर टाँसे ।
आन्दोलनकारीले केन्द्रसँग कुनै सेलिब्रेटी राजनीतिमा प्रवेश गरे र आफ्नो क्षेत्रमा समय दिन नसक्ने भए उसको सदस्यता खारेज गरिन माग गरेका छन् ।
सामाजिक सञ्जालमा पनि सनी देओलको विरोध भइरहेको छ ।
फिल्म ‘गदर २’ आगामी अगस्ट ११ मा रिलिज हुँदैछ । अनिल शर्मा निर्देशित यस फिल्ममा अमिषा पटेल र उत्कर्ष शर्मा पनि देखिनेछन् ।