एजेन्सी- इजरायलले संयुक्त राष्ट्र मानवअधिकार परिषदमा भाग नलिने घोषणा गरेको छ ।
इजरायलका विदेशमन्त्री गिडोन सारले बिहीबार संयुक्त राष्ट्र मानवअधिकार परिषद् (यूएनएचआरसी) लाई इजरायलले अब उक्त संगठनमा भाग नलिने जानकारी दिएका छन् । इजरायलको यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसंघको शीर्ष मानवअधिकार निकायबाट आफ्नो देश फिर्ता भएको घोषणा गरेको दुई दिनपछि आएको हो ।
सारले यूएनएचआरसीका अध्यक्ष जुर्ग लाउबरलाई लेखेका छन्, मानवअधिकार परिषदमा इजरायलविरुद्ध जारी र निरन्तर संस्थागत पूर्वाग्रहलाई ध्यानमा राख्दै यो निर्णय लिइएको हो, जुन सन् २००६ मा स्थापना भएदेखि नै जारी छ । सारले परिषद राजनीतिक प्लेटफर्म भएको छ, जसको प्रयोग इजरायललाई निन्दा गर्ने र केही राजनीतिक उद्देश्यहरू अगाडि बढाउन प्रयोग गरिन्छ ।