पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

अयोध्या नगरमा निर्मित राममन्दिरमा रामको मूर्तिमा प्राणप्रतिष्ठा सम्पन्न

२०८० माघ ८, सोमवार १९:२० बजे

काठमाडौ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा रामको मूर्तिमा प्राणप्रतिष्ठासहित मन्दिरको उदघाटन  कार्यक्रम सम्पन्न भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको उत्तर प्रदेश राज्यको अयोध्या नगरमा निर्मित राममन्दिरमा रामको मूर्तिमा प्राणप्रतिष्ठा सम्पन्न भएको हो ।

सन् १९९२ मा हिन्दूहरूको भिडले भत्काइदिएको १६ औँ शताब्दीको मस्जिदलाई राममन्दिरले विस्थापन गरेको छ । सन् १९९२ मा मस्जिद भत्काएपछि भारतभर फैलिएको दङ्गामा झन्डै २ हजार जनाले ज्यान गुमाएका थिए । मन्दिर निर्माणले अयोध्यमा रामको मन्दिर बनाउने हिन्दू राष्ट्रवादीहरूको दशकौँ पुरानो वाचा पूरा भएको छ ।

रामको जन्मस्थानमा रहेको मन्दिर मुस्लिम अतिक्रमणकारीहरूले भत्काएर १६ औँ शताब्दीमा त्यहाँ बाबरी मस्जिद बनाएको कैयौँ हिन्दूहरूले विश्वास गर्छन् । हिन्दूहरू रामलाई भगवान् विष्णुको अवतार मान्छन् । झन्डै २१ करोड ७० लाख अमेरिकी डलरको लागतमा बनेको नयाँ मन्दिर ३ तले छ । मन्दिरमा झन्डै सवा ४ फिट अग्लो रामको मूर्ति राखिएको छ ।