पाठशाला न्यूज
 २०८१ बैशाख २४, सोमबार    

नेपाल र नेदरल्याण्डसले टी-२० सिरिजको फाइनल खेल्ने

२०८० फाल्गुन २०, आईतबार १५:१४ बजे

काठमाडौं- नेपाल र नेदरल्याण्डस जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा पुगेका छन् ।

आइतबार नामिबिया र नेदरल्यान्ड्सबीच खेल बर्षाले सम्पन्न हुन नसकेपछि दुवैले एक एक अंक बाँडेपछि नेपाल र नेदरल्याण्डस फाइनल खेल्ने भएका हुन् ।

नेदरल्याण्डसको ४ खेलमा ५ अंक भएको छ भने नेपालको ४ खेलमा ४ अंक रहेको छ । त्यस्तै नामिबियाको ४ खेलमा ३ अंक मात्र रहेको छ ।

अब नेपाल र नेदरल्यान्डसबीचको फाइनल खेल टियु मैदानमा मंगलबार हुने भएको छ ।