पाठशाला न्यूज
 २०८१ बैशाख २०, बिहीबार    

वीरगंजको नेशनल मेडिकल कलेजमा प्रहरीको छापा, प्रबन्ध निर्देशक शाहनवाज हुसेन पक्राउ

२०८० चैत्र २६, सोमबार १६:०९ बजे

जलेश्वर सर्राफ 

वीरगंज- वीरगंजको नेशनल मेडिकल कलेजमा प्रहरीसहितको अनुगमन टोलीले छापा मारेको छ । 

नेशनल मेडिकल कलेजको प्रयोगशाला मा म्याद नाघेको केमिकल प्रयोग गरिरहेको सूचनाको आधारमा छापा मारिएको हो।

नेशनल मेडिकल कलेजको ब्लक(A) मा रहेको प्रयोगशालामा अनुगमन टोलीले छापा मारेको पर्सा प्रहरीले बताएको छ । छापाका क्रममा प्रयोगशालाबाट म्याद नाघेका केमिकल बरामद भएपछि मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज हुसेनलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जनाए ।

उनका अनुसार ल्याबमा सन् २०२१ मै म्याद सकिएको केमिकलसहितका औषधि बरामद भएपछि कलेजका एमडी अन्सारीलाई नियन्त्रणमा लिइएको हो । 

प्रयोगशालामा परीक्षणका लागि म्याद नाघेको केमिकल प्रयोग भइरहेको सूचनाको आधारमा अनुगमन टोलीले छापा मारेको पर्साका प्रहरी प्रमुख कुमोद ढुंगेल बताउँछन् ।

उनका अनुसार बरामद सबै केमिकलबारे अनुसन्धानका लागि बाँकी प्रक्रिया अगाडि बढाइएको छ । नेशनल मेडिकल कलेजमा वीरगंज महानगरपालिका, औषधि व्यवस्था विभाग र प्रहरीसहितको टोलीले संयुक्त रुपमा छापा मारेको हो। यद्यपि केहिदिन यता नेशनल मेडिकल कलेजका पुर्व एमडी बसरुदिन अन्सारी तथा वर्तमान एमडी शहनवाज अन्सारीका बुवा जैनुदिन अन्सारी बिच सम्पतिको विवाद निकै चुलिएको थियो।