पाठशाला न्यूज
 २०८१ बैशाख २१, शुक्रबार    

वीरगंजमा हुण्डी कारोवारमा संलग्न दुई जना पक्राउ

२०८१ बैशाख ७, शुक्रबार १९:४३ बजे

जलेश्वर सर्राफ 

वीरगंज- वीरगंजमा वडा प्रहरी कार्यालय विर्ताले हुण्डीको रकमसहित २ जनालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय विर्ताबाट प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटी नेतृत्वको टोलीले स्रोत नखुलेको २२ लाख रकमसहित २ जनालाई पक्राउ गरेको हो ।

वीरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगरबाट हुण्डीको २२ लाख रकमसहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले पुष्ठि गरेका छन्।

हुण्डी रकमका साथ पक्राउ परेका दुईजना माथी केही शंकास्पद व्यक्तिहरुको समेत फोन नम्बरहरु फेला परेकोले त्यो हुण्डी को रकम कस्को हो भनी गोपनियता भङ्ग हुने भएकोले हालसम्म हुण्डीको रकम सहित भरियाहरु मात्र समातिएको र मुख्य दोषीहरु उम्किन सफल भएकाले त्यसघटनाका बारेमा थप अनुसन्धान भइरहेको हुँदा पक्राउ परेका दुवै जनाको परिचय अहिले सार्वजनिक नगरिएको प्रहरी उपरीक्षक कुमोद ढुंगेलले बताएकाछन्।