पाठशाला न्यूज
 २०८१ वैशाख ३१, सोमवार    

६९औँ फिल्मफेयर अवार्डमा आलिया र रणवीर उत्कृष्ट

२०८० माघ १५, सोमवार १०:२६ बजे

काठमाडौं : भारतको प्रतिष्ठित ६९औँ फिल्मफेयर फिल्म अवार्डको आइतबार घोषणा गरिएको छ ।
गुजरातमा आयोजित अवार्ड समारोहमा आलिया भट्टलाई उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइयो । फिल्म ‘रकी और रानी की प्रेम कहानी’मा अभिनय गरेबापत उनले यो अवार्ड पाएकी हुन् ।
रणवीर कपूरले फिल्म ‘एनिमल’मा गरेको अभिनयका निम्ति उत्कृष्ट अभिनेताको अवार्ड पाए ।
‘१२औँ फेल’ले २०२३ को उत्कृष्ट फिल्मको अवार्ड प्राप्त गर्यो । यही फिल्मका निर्देशक विधु विनोद चोपडाले उत्कृष्ट निर्देशकको अवार्ड पाए ।
विक्की कौशललाई फिल्म ‘डंकी’मा गरेको अभिनयका निम्ति सर्वोत्कृष्ट अभिनेता (सहयोगी भूमिका)को उपाधि दिइयो । फिल्म ‘रकी और रानी की प्रेम कहानी’मा गरेको अभिनयका लागि शबाना आजमीलाई सर्वोत्कृष्ट अभिनेत्री (सहयोगी भूमिका)को अवार्ड दिइयो ।