पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

आज शुक्रबारदेखि ’डिग्री माइला र ’द रेड सुटकेस’ प्रदर्शनमा

२०८० चैत्र ३०, शुक्रवार ०८:५२ बजे

काठमाडौं : नेपाली बक्सअफिसमा आज शुक्रबारदेखि दुई नेपाली सिनेमा ’डिग्री माइला तथा ’द रेड सुटकेस’ प्रदर्शनमा आएका छन् ।
यो साता नेपाली बक्सअफिसमा कुनै पनि विदेशी सिनेमामा रिलिज भएका छैनन् भने ’महाजात्रा’ आफ्नो रिलिजको चौथो सातामा प्रवेश गरेको छ । बक्सअफिसमा उसले सुखद् कमाइ जारी राखेको छ ।
आज रिलिज भएका दुईमध्ये दयाहाङ राई तथा आँचल शर्मा स्टारर ’डिग्री माइला’ले डिग्रीधारी तर अहमताले भरिएको पात्रको कथा पेस गर्छ। सिनेमामा शैक्षिक अहमताले भरिएको पात्र र ऊप्रतिको समाजको अपेक्षाका सेरोफेरोमा घुमेको कथा पर्दामा हेर्न सकिन्छ ।
रामबाबु गुरुङ निर्देशित सिनेमामा दयाहाङ राई, आँचल शर्मा, प्रकाश घिमिरे, विजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ आदिको प्रमुख अभिनय रहेको छ ।
यस्तै, प्रतिष्ठित भेनिस फिल्म महोत्सवमा अवार्ड जितेको ’द रेड सुटकेस’ले वैदेशिक रोजगारी र सो क्रममा कार्यस्थलमै मृत्यु भोगेकाहरुको पीडालाई पेस गर्छ । सिनेमामा सौगात मल्ल, विपिन कार्की, प्रविण खतिवडा तथा श्रृष्टि श्रेष्ठको प्रमुख अभिनय रहेको छ । फिडेल देवकोटा निर्देशित यो सिनेमामा क्यूएफएक्स च्यानल लगायतका हलहरुमा मात्र प्रदर्शन हुनेछ ।