पाठशाला न्यूज
 २०८१ वैशाख ३०, आइतवार    

गौर घटनाका दोषीलाई कारवाही माग गर्दै चन्द्रपुरमा धर्ना जारी

२०८० श्रावण १७, बुधवार १०:५४ बजे

चन्द्रपुर–१७ वर्ष अघि भएको गौर घटनाका दोषीलाई कारवाहीको माग गर्दै शनिबार देखि रौतहटको चन्द्रनिगाहपुरमा धर्ना दिइएको छ ।
त्यसबेलाको २८ जनाको ज्यान लिने गरि भएको हत्याका दोषीमाथि हालसम्म कारवाही नभएकाले दवाव दिने उद्देश्यले पुर्वपश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुरको मुख्य चोकमा रहेको पार्कमा मृतकका परिवारले अनिश्चितकालिन धर्ना दिएका हुन ।
वि.स २०६३ साल चैत ७ गते रौतहटको सदरमुकाम गौरस्थित राईस मिल चौरमा माओवादी र तत्कालिन फोरम (हाल जसपा)का बीचमा भएको झडपमा परि २७ जनाले घटनास्थलमै र एक जनाले उपचारका क्रममा ज्यान गुमाउनुपरेको थियो । तत्कालिन मधेशी जनधिकार फोरम र माओवादी निकट मधेशी राष्ट्रिय मुक्ति मोर्चाको बीचमा झडप तथा गोली हानाहान भएको थियो । झडपका क्रममा फोरमका समर्थक तथा कार्यकर्ताले भाँटा, रड, बाँसको फराठा,चक्कुजस्ता धारिलो हतियार प्रयोग गरी माओवादी समर्थक र कार्यकर्ताको बिभत्स तरिकाले हत्या गरिएको थियो ।
गौर घटना भएको १७ वर्ष बित्दा पनि न्याय पाउन नसकेका कारण आफुहरु न्याय माग्न धर्ना र आन्दोलन गर्न बाध्य भएको पीडित परिवारले जनाएका छन् । ब्यानरसहित धर्नामा बस्नेमा त्यतीबेला मारिएका परिवारका अधिकाँशसदस्यहरुको सहभागिता रहेको छ ।
गौर घटनालाई लिएर अहिले पनि राजनीतिक आरोप–प्रत्यारोप चलिरहेको छ । जिल्ला तथा केन्द्रका विभिन्न राजनीतिक दलदेखि लिएर राष्ट्रिय मानव अधिकार आयोगलगायतका संघसंस्थाको समेत आन्दोलन बढेसँगै जनचासो बढ्दै गएको छ ।
गौर हत्याकाण्डका दोषी र राष्ट्रिय मानवअधिकार आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै गौर घटनाका मृतक परिवारले दोषीलाई कारवाही नगरेसम्म चरणबद्ध आन्दोलन गर्ने यसअघि नै घोषणा गरेका थिए । घोषित कार्यक्रमअन्तर्गत शनिबार चन्द्रनिगाहपुरमा धर्ना दिइएको र माग पुरा नभए १५ साउनदेखि अनिश्चितकालिन आमहड्ताल गरिने आम जनता पार्टीका बरिष्ठ उपाध्यक्ष बद्री न्यौपानेले बताउनुभयो ।
गौर घटनामा मारिएकालाइृ न्याय दिनपर्नुे भन्दै रौतहट क्षेत्र नम्वर तीनका संघिय साँसद प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टीपंक्ति यस आन्दोलनको समर्थन छ भने सो घटनामा साँसद प्रभु साहलगाएत अन्य सवैलाई कारवाही हुनुपर्ने भन्दै माओवादीबाहेकका सत्ता गठबन्धनका अन्य विभिन्न राजनीतिक दलहरु लागेका छन् ।