पाठशाला न्यूज
 २०८१ बैशाख १४, शुक्रबार    

गायीका रचना रिमाल,अनु चौधरी र गायक मार्मिक लामा भोलि चन्द्रनिगाहपुर आउने

२०७९ आश्विन १५, शनिबार १२:०४ बजे

दिपु मिश्र
रौतहट–पछिल्लो समय युवा पुस्ता माझ अत्याधिक रुचाइएकी गायीका रचना रिमाल,अनु चौधरी र गायक मार्मिक लामा भोलि आईतबार चन्द्रनिगाहपुर आउने भएका छन् ।
हातेमालो युवा क्लब चन्द्रपुर–६ को आयोजनामा शुभकामना आदान–प्रदान तथा बृहत मनोरञ्जनात्कम कार्यक्रममा सहभागि हुन गायीका रचना रिमाल,अनु चौधरी र गायक मार्मिक लामा भोलि आईतबार चन्द्रनिगाहपुर आउने भएका हुन् । हिन्दुधर्मावलम्बीहरुको महान पर्ब बडा दशैं,तिहार तथा छठपर्वको शुभ अवसरमा शुभकामना आदान–प्रदान तथा बृहत मनोरञ्जनात्कम कार्यक्रममको आयोजना गरीएको हातेमालो युवा क्लब चन्द्रपुर–६ ले जानकारी दिएको छ ।
हातेमालो सामुदायीक वनको स्व.शेर बहादुर दर्लामी स्मृति खेलमैदानमा दिउसो १ बजे देखि कार्यक्रम संचालन हुने कार्यक्रम संयोजक रमेश गोलेले जानकारी दिएका छन् ।