पाठशाला न्यूज
 २०८१ बैशाख २३, आईतबार    

लेडी सिंघमको भूमिकामा देखिदै अभिनेत्री दीपिका पादुकोण

२०८० आश्विन २९, सोमबार १८:३० बजे

काठमाडौं:निर्देशक रोहित शेट्टी ‘सिंघम’ र ‘सूर्यवंशी’पछि आफ्नो ‘कप–युनिभर्स’लाई पुनर्जीवित गर्ने तयारीमा छन् । यो फिल्ममा अजय देवगण मात्र नभई रणवीर सिंह र अक्षयकुमार पनि विस्तारित क्यामियो भूमिकामा देखिनेछन् ।
अब रोहितले चौंथो जासूस क्यारेक्टरको घोषणा गरेका छन् । उनी अरु कोही नभई अभिनेत्री दीपिका पादुकोण हुन् । साथै, ‘लेडी सिंघम’को भूमिकामा दीपिकाको क्यारेक्टर लुक्स पनि सार्वजनिक गरेका छन् । दीपिकाले ‘पठान’मा शीर्ष भूमिका निर्वाह गरेकी थिइन् ।
रोहित र दीपिकाले ‘चेन्नई एक्सप्रेस’पछि ‘पुलिस ब्रह्माण्ड’मार्फत पुनः सहकार्य गर्न लागेका हुन् । सिंघमको आगामी श्रृंखलामा भव्यरुपमा देखिने दीपिकाको नयाँ अवतार प्रस्तुत गर्दै रोहितले उनको क्यारेक्टरबारे खुलाएका छन् ।
फिल्ममा दीपिकाले प्रहरी अफिसर शक्ति सेट्टीको भूमिका निर्वाह गर्ने जनाइएको छ । सामाजिक संजालको पोस्टमा दीपिकाको भूमिकाबारे वर्णन गर्दै रोहितले लेखेका छन्–हाम्रो कप युनिभर्सको सबैभन्दा हिंस्रक र क्रुर अफिसरलाई भेट्नुहोस् । शक्ति सेट्टी । माई लेडी सिंघम । दीपिका पादुकोण ।’