पाठशाला न्यूज
 २०८१ बैशाख २३, आईतबार    

जनकपुरधाम : राजदेवी मन्दिरमा दिइयो १५ हजार २५१ बोकाको बलि

२०८० कार्तिक ६, सोमबार ०७:४२ बजे

जनकपुरधाम : जनकपुरस्थित राजदेवी मन्दिरमा यस वर्ष १५ हजार २ सय ५१ बोकाको बली दिइएको छ । आइतबार साँझ ८ बजेर २० मिनेटमा सुरु भएको बलि कार्यक्रम सोमबार बिहान ४ बजेसम्म चलेको थियो ।
महाअष्टमीको साँझ राजदेवीमा बोका बलि दिने परम्परा छ । स्थानीय महावीर युवा कमिटी, गणेश युवा कमिटी, राम युवा कमिटीले बोका बलिको व्यवस्थापन गरेका थिए ।
आइतबार दिउँसोदेखि नै जनकपुरमा बलि चढाउनेहरूको भिड लागेको थियो । बलि दिन युवा कमिटीहरूले संयुक्त रूपमा उल्लेखनीय संख्यामा स्वयंसेवक परिचालन गरेका थिए । बलि प्रदानका लागि प्रतिबोका २ सय रुपैयाँका दरले जनकपुरधाम गुठी संस्थानले लिएको थियो ।