पाठशाला न्यूज
 २०८१ बैशाख २८, शुक्रबार    

जन ज्योतिमा अनुगमन,हाजिरी नगरी तलब खाने दाउमा शिक्षक

२०८० असार १३, बुधबार २३:४७ बजे

चन्द्रपुर–रौतहटको चन्द्रपुर–६ चन्द्रनिगाहपुर बजार स्थित जन ज्योति उच्च माध्यामिक बिद्यालयमा चन्द्रपुर नगरपालिकाको शिक्षा शाखा समुहले अनुगमन गरेको छ ।
बुधबार जन ज्योति उच्च माध्यामिक बिद्यालयमा चमेनागृहको नयाँ भवन निमार्णको बिषयमा अनुगमन गर्न गएका शिक्षा शाखा समुहले बिद्यालयको अन्य गतिविधि समेतको अनुगमन गरेको हो । चन्द्रपुर नगरपालिकाको शिक्षा शाखा समुहले विद्यालयमा बिभिन्न पक्षको अनुगमन पश्चात नयाँ चमेनागृहको संरचना बनाउन आवश्यक नदेखिएको पुरानो भवन मर्मत गर्दा त्यहाँ चलाउन सक्ने बताए ।
अनुगमनकै क्रममा बिद्यालयमा बिजया कुमारी दाहाल शिक्षिका र रवि घिमिरे शिक्षकले महिनौ देखि हाजिरी नगरेको पाईएको छ । प्रधानाध्यापकले यसरी गयल भएका शिक्षकहरुलाई हाजिर पुस्तिकामा गयल नलेखि खालि राखेर पछि एकैचोटि हाजिरी गराउने र तलव खुवाउने गरेको पाईएको छ ।


चन्द्रपुर नगरका शिक्षा अधिकारी कृष्ण प्रसाद सिग्देलको बिद्यालय अनुगमनले लामोसमय सम्म बिद्यालयमा उपस्थित नरहेको शिक्षकहरुलाई नगरपालिकाले तलब नखुवाउने जानकारी दिएका छन् । प्रधानाध्यापककै लापरवाहीले बिद्यालयमा शिक्षक शिक्षकाहरु बिद्यालय पोसाकबिना उपस्थित हुने गरेको शिक्षा शाखाका कर्मचारी दिपेन्द्र मण्डलले पाठशाला न्युजलाई जानकारी दिएका छन् । उनले बिद्यालयको व्यवस्थापन एकदमै नाजुक बन्दै गरेको पाईएको बताएका छन् ।
बिद्यालयमा बिज्ञान विषयको कक्षा दसको नमुना क्लास अनुगमन गर्दा अत्यन्तै प्रभावशाली देखिएको तथा कक्षा ६ देखि १२ सम्म विद्यार्थीको चाप अत्यन्त धेरै देखिएको नगर शिक्षा शाखा अधिकारी सिग्देलले जानकारी दिएका छन् । उनले बिद्यालयले भाडामा दिएको १८ वटा सटरले राम्रो आम्दानी देखिएको बताए ।
बिद्यालयको बन्दै गरेको नया भवन एकदमै गुणस्तरीय रहेको अनुगमनले थाह भएको नगर शिक्षा शाखा अधिकारी सिग्देलको भनाई छ ।