पाठशाला न्यूज
 २०८१ बैशाख १६, आईतबार    

बारा स्थित कछडिया सामुदायिक वनमा पाटेबाघ मृत फेला

२०८० फाल्गुन २२, मंगलबार १९:२२ बजे

बारा : बाराको निजगढ नगरपालिका– ४ स्थित कछडिया सामुदायिक वनमा मंगलबार एउटा दुर्लभ पाटेबाघ मरेको छ ।
कछडिया सामुदायिक वनको छेउ बकैया खोलाकिनारमा वयस्क बाघ मृत फेला परेको सबडिभिजन वन कार्यालय तामागढीले जनाएको हो । मंगलबार बिहान स्थानीयवासीले बाघ मरेको देखेपछि वनलाई खबर गरेको सबडिभिजन वन कार्यालय तामागढीका प्रमुख वन अधिकृत सुरेश भगतले जानकारी दिए ।
हेर्दा चार–पाँच दिन अगाडि नै मरेको देखिन्छ। पोथी बाघ करिब आठ वर्षको रहेको र प्रायः बाघ जुधेर मर्ने वा घाइते हुने गर्छन् । तर, यो बाघ भने बुढो भएर मरेको अनुमान गरिएको छ । योसँगै पछिल्लो एक महिनाको अन्तरालमा बारामा मात्रै दुईवटा बाघ मरिसकेका छन् ।