पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

नेकपा एमालेको ताप्लेजुङ जिल्ला अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

२०८१ वैशाख २६, बुधवार ०८:०८ बजे

ताप्लेजुङ- मङ्गलबार सम्पन्न पार्टीको १२औँ जिल्ला अधिवेशनबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)ताप्लेजुङको अध्यक्षमा डम्बर ध्वज तुम्बाहाम्फे निर्वाचित भएका छन् ।  

निर्वाचन समितिका अनुसार तुम्बाहाम्फेले आफ्ना प्रतिस्पर्धी बलबहादुर साम्सोहाङभन्दा २६ मत बढी पाएका थिए ।

पार्टी उपाध्यक्षमा दीपेन्द्र पोमू, सचिवमा सन्तोष चाम्लिङ, उपसचिव खुलामा गोपाल न्यौपाने र उपसचिव महिलामा भीमादेवी ओझा निर्वाचित भएकी छन् । 

जिल्लाभरबाट तीन सय ६७ प्रतिनिधि अधिविशेनमा सहभागी भएका थिए ।