पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

आइपीएल : हैदराबादमाथि मुम्बइको सहज जित

२०८१ वैशाख २५, मङ्गलवार ०८:०९ बजे

काठमाडौं : जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादमाथि सहज जित हासिल गरेको छ । मुम्बइले हैदराबादलाई ७ विकेटले पराजित गरेको हो ।
१७४ रनको लक्ष्य मुम्बइले सूर्यकुमार यादवको शतकको मद्दतमा १७.२ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा ग¥यो । सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्कासहित १०२ रनमा अविजित रहे ।
तिलक बर्माले ३७ रन बनाए । ओपनर इशन किसन र रोहित शर्मालाई भने मुम्बइले सस्तैमा गुमाएको थियो । इशन किशन ९ र रोहित ४ रनमै आउट भएका थिए । हैदराबादका भुवनेश्वर कुमार, मार्को जानसेन र प्याट कमिन्सले एक\एक विकेट लिए ।
त्यसअघि हैदराबादले ८ विकेट गुमाएर १७३ रन बनाएको थियो । ट्राभिस हेडले ४८, प्याट कमिन्सले ३५, नितिश रेड्डीले २० रन जोडे । अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

मुम्बइका हार्दिक पन्ड्या र पियुस चावलाले तीन\तीन, अंशुल कम्बोज र जस्पृत बुम्राहले एक\एक विकेट लिए ।
यो जितसँगै मुम्बइ ८ अंकका साथ अंकतालिकाको नवौं स्थानमा छ भने पराजित भएको हैदराबाद १२ अंकका साथ चौथो स्थानमा छ ।