पाठशाला न्यूज
 २०८१ बैशाख १९, बुधबार    

आज २०८० साल, पौष २४ मंगलवारको राशिफल

२०८० पौष २४, मंगलबार ०८:१९ बजे

२०८० पुस २४ गते,मंगलवार ९ जनवरी २०२४ । पौष कृष्णपक्ष त्रयोदशी तिथि । ज्येष्ठा नक्षत्र । चन्द्रराशि वृश्चिक २०ः०१ बजेदेखि धनु ।
मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ । रमाइलो यात्रा, जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । व्यापार बढ्नाले आम्दानी पनि बढ्नेछ । कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।
वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ । मिहिनेतले काममा पनि सफलता नै दिलाउनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा जित हासिल हुनेछ ।
मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । संघर्षले कर्मयोग अघि बढ्नेछ । अध्ययनमा धेरै समय जुट्न नसकिएला । महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । परिस्थितिले स्वतन्त्र काममा समेत बाधा पुर्याउन सक्छ ।
कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ । आवेशको व्यवहार र असमझदारीले आफन्तजन टाढिन सक्छन् । छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ । हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ ।
सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ । आस मारेको नतिजा समेत सकारात्मक हुन सक्छ ।
कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसकिएला । बोली–व्यवहारको कठोर शैलीले समस्या निम्त्याउन सक्छ । आलोचकहरूलाई व्यवहारले समेट्नुहोला । द्विविधाले निर्णय कमजोर बन्नेछ । अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला ।
तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते
समयमा सजग नहुँदा महत्त्वाकांक्षी योजना बिग्रन सक्छ । व्यवहारमा केही चुनौती देखा पर्नेछन् भने अप्ठ्यारो परिस्थिति पनि सामना गर्नुपर्ला । आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन् । भेटघाटमा अलमलिनाले चिताएका काममा बाधा उत्पन्न होला । तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।
वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु
समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ । श्रमअनुसार फाइदा कमै होला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । परिवारजनबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिएला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ । समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन् । लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ ।
धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अवसर पाइनेछ र मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । दिगो फाइदा हुने काम हातलागी हुनेछ । श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । दिगो योजना प्रारम्भ गर्ने समय छ । श्रमको उचित मूल्य प्राप्त हुनेछ । सञ्चित धनको उपयोगले लाभ दिलाउनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मिहिनेतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ ।
कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ । तापनि प्रयत्न गर्दा चुनौतीहरू पन्छाउन सफल भइनेछ । अभावले सताए पनि समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् । स्वास्थ्य भने कमजोर रहनेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। बुद्धि–विवेकले काम गर्न सकिनेछ ।
मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि
जिम्मेवारीले व्यस्त बनाउनेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ । अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने हुन सक्छ । पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ । गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्ला । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ । कामको चाप बढ्नेछ ।