पाठशाला न्यूज
 २०८१ बैशाख २१, शुक्रबार    

रौतहटमा तिन सय लिटर अवैध घरेलु मदिरा नष्ट

२०८० माघ १६, मंगलबार १३:१८ बजे

रौतहट : रौतहट स्थित प्रहरीले झन्डै ३०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गौरको हाताभित्र सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि र स्थानीयको रोहवरमा प्रहरीले सोमबार साँझ दुई सय ९० लिटर घरेलु मदिरा नष्ट गरेको हो ।
नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा स्थानीय यमुनामाई गाउँपालिका ४ स्थित प्रहरीले उक्त अवैध घरेलु मदिरा तिन सय लिटर सोमबार बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् ।
पछिल्लो समय चन्द्रपुर नगरक्षेत्र अन्तर्गत विभिन्न टोलमा उत्पादित अवैध घरेलु मदिरा महिला व्यवसायीहरूले यात्रुवाहक सवारी साधनमा लुकाई छिपाई सदरमुकाम गौरसम्म पुर्याउने गर्दछन् । बिहार सरकारले मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाएपछि सीमासँग जोडिएको बजारमा दैनिक मदिरा सेवन गर्न आउनेजाने गर्दछन् ।