पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

नेकपा एमाले रसुवाको अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत

२०८१ वैशाख २५, मङ्गलवार १०:३१ बजे

रसुवा- सोमवार भएको नवौँ जिल्ला अधिवेशनबाट नेकपा एमाले रसुवाको अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । 

ढकालको अध्यक्षतामा ८० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो । अध्यक्ष चुनिएका ढकाल यसअघि जिल्ला कमिटीमा सचिवकारुपमा कार्यरत थिए । 

अधिवेशनले जिल्ला कमिटीको उपाध्यक्षमा कैसाङ नुर्पु तामाङ, सचिवमा पेम्बा लामा, उपसचिवमा सुकबहादुर तामाङ र चमेली गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।