पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

यी तिन प्रदेशका पहाडी भू–भागका स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना

२०८१ वैशाख २३, आइतवार ०७:२८ बजे

काठमाडौं : देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मुख्यतया मौसम सफा छ ।
विभागले दिउँसो कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोसी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।
विभागका अनुसार राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
मधेस प्रदेशलगायत कोसी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ ।