पाठशाला न्यूज
 २०८१ वैशाख ३१, सोमवार    

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

२०८० फाल्गुण ४, शुक्रवार ०८:५५ बजे

काठमाडौं : गण्डकी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा दिइएको छ । गण्डकी प्रदेश सरकारको स्थापना दिवसको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिइएको हो ।
४ फागुन २०७४ मा पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीको शपथ लिँदै पदभार ग्रहण गरेका थिए । सोही दिनलाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने गरिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश स्थापना दिवसको अवसरमा शुभकामना दिँदै प्रदेश सरकारले स्थापनाकालदेखि नीतिगत, कानुनी र संस्थागत पक्षहरूलाई परिपक्व बनाउँदै लगेको बताए । ‘नागरिकको आधारभूत आवश्यकताका अतिरिक्त स्वास्थ्य,शिक्षा, खानेपानी जस्ता मौलिक हक पूरा गरी प्रदेशबासीको जीवनस्तरमा सुधार ल्याउन गण्डकी प्रदेश सरकार प्रयत्नशील रहेको छ। यसमा सबै तहका सरकार र सरोकारवालाहरुको सहकार्य र साथ जरुरी रहेको छ’, मुख्यमन्त्री पाण्डेले भने ।

पाण्डेले सीमित स्रोतसाधनका बाबजुद पनि आम नागरिकको प्रदेशप्रतिको अपेक्षालाई आवश्यकता र हाम्रो क्षमताको आधारमा प्राथमिकीकरण गरी प्रदेश सरकारले सम्बोधन गरिरहेको दाबी गरे ।