पाठशाला न्यूज
 २०८१ बैशाख २८, शुक्रबार    

नेपाल वायुसेवा निगमको अपरेसन डाइरेक्टरमा वरिष्ठ क्याप्टेन दीपु नियुक्त

२०८० चैत्र ३०, शुक्रबार ०९:२० बजे

फाईल तस्वीर 

काठमाडौं : नेपाल वायुसेवा निगमको अपरेसन डाइरेक्टरमा वरिष्ठ क्याप्टेन दीपु ज्वारचन नियुक्त भएका छन् । तत्कालीन अपरेसन डाइरेक्टर क्याप्टेन श्रवण रिजाल वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बनमा परेका थिए ।
रिजाल निलम्बनमा परेपछि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले क्याप्टेन ज्वारचनलाई डाइरेक्टरमा नियुक्ति गर्ने निर्णय गरेका हुन् । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उनको नियुक्तिको स्वीकृति लिन भने बाँकी छ ।