पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

भक्तपुरको पाँंचतल्ले मन्दिर परिसरमा ५० मिनेटमा ५० वटा धिमे बोली

२०८० माघ २०, शनिवार १९:१९ बजे

भक्तपुर- भक्तपुरको पाँंचतल्ले मन्दिर टौमढीमा शनिबार साँंझ पहिलो पटक बोली प्रदर्शन भएको छ। ५० मिनेटको ५० वटा धिमे बोली, ५० जना कलाकारले ५० स्टेप नाँच र ५० वटा धाँ बाजाको धुन प्रर्दशनी भएको हो।

भक्तपुर नगरपालिका वडा नम्बर ८ लिवानीस्थित निओ फ्युजन बाजा समूह र भनपा ७ इनाचोस्थित निओ फ्युजन स्कुल अफ कम्प्युटर इन्ष्टिच्युटको संयुक्त आयोजनामा प्रदशनी भएको हो।

निओ फ्युजन स्कुल अफ कम्प्युटर इन्ष्टिच्युटका संस्थापक बालकृष्ण बनमालाले आफ्नो संस्कृतिक बाजागाजालाई चाडपर्व, ब्रतबन्ध, राजनीतिक सभा वा कार्यक्रमको उदघाटनमा मात्र प्रस्तुत गर्ने प्रचलन चिर्न यो कार्यक्रमको आयोजना गरेको बताए। 'यसबाहेक पनि हाम्रो बाजाको प्रस्तुति दिन सकिन्छ', उनले भने।

पुराना बाजागाजा घर, टोल, पाटी र चाडपर्वमा मात्र बजाउने भएर लोप हुँदै गएको उनले बताए। बाजा चाडपर्व वा कुनै कार्यक्रम उदघाटन गर्नको लागिमात्र नभएको उनी सुनाउँछन्। यसलाई समयसमयमा यसरी प्रर्दशनी गर्नुपर्ने उनको विशेष जोड छ। यसलाइ प्रर्दशनी गर्न जात्रा, चाडपर्व कुर्न नपर्ने उनको जिकिर छ।

निओ फ्युजन बाजा समूहका अध्यक्ष सबिन लेबाले बाजा प्रशिक्षार्थीलाई आफूले सिकेको बाजागाजा प्रस्तुत गर्ने अवसर निरन्तर भइराख्नुपर्नेमा जोड दिए। यसो भएमात्रै सिकेको शीपलाई दीर्घकालसम्म सम्झिरहने उनको भनाई छ।