पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

कांग्रेसको पदाधिकारी बैठक आज बस्ने

२०८० फाल्गुण २९, मङ्गलवार ०९:२६ बजे

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बस्दैछ । सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीनकण्ठमा अपराह्न ३ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।
संसदमा निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न सभापतिले बैठकले बोालाएको पार्टीले जनाएको छ । सत्ता गठबन्धनबाट बाहिरिएपछि देउवाले पटकपटक बैठक बोलाइरहेका छन् ।