पाठशाला न्यूज
 २०८१ वैशाख ३०, आइतवार    

‘बोक्सीको घर’ले गर्यो दुई करोड १५ लाख ग्रस कलेक्सन

२०८१ वैशाख १६, आइतवार १०:०३ बजे

काठमाडौं : चलचित्र ‘बोक्सीको घर’ले दुई दिनमा दुई करोड १५ लाख ग्रस कलेक्सन गरेको छ । शुक्रबारबाट रिलिज भएको चलचित्रले दुई दिनमा दुई करोड १५ लाखभन्दा माथि ग्रसकलेक्सन गरेको निर्मात्री समेत रहेकी अभिनेत्री केकी अधिकारीले जानकारी दिइन् ।
मल्टिप्लेक्समा २५० भन्दा धेरै शोमा अहिले पनि प्रदर्शनमा रहेको भन्दै केकीले १५० शो हाउसफुल भएको बताएकी छन् । बाँकी शोमा ८० प्रतिशतभन्दा माथि अकुपेन्सी रहेको केकीको भनाइ छ ।
शनिबार ‘बोक्सीको घर’ले देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा देशभर ८५ शो पाएको थियो । शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको सिनेमामा केकी मुख्य भूमिकामा छिन् ।
केकी अधिकारी फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमामा निर्माताका रूपमा केकीका बुवा बद्री अधिकारी रहेका छन् । राज घिमिरे कार्यकारी निर्माता हुन् ।
सिनेमामा केकीसँगै सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।