पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

गायक राजेशपायल राई पक्राउ

२०८० चैत्र २२, बिहीवार ०८:०५ बजे

काठमाडौं- गएराति काठमाडौंको थापागाउँबाट मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेशपायल राईसहित ८ जना पक्राउ परेका छन् ।  

मदिरा पिएर राईसहित ८ जनाले होहल्ला गरेपछि स्थानियहरुले होहल्ला नगर्न आग्रह गर्दा अटेर गरेपछि  प्रहरीले उनीसहित ८ जनालाई बिहीबार बिहान २ बजे नियन्त्रणमा लिएको प्रहरी वृत्त परिसर बानेश्वरले जनाएको छ । 

उनीहरूलाई अहिले प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ । मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।  

पक्राउ पर्नेमा तीन कलाकार छन् । अन्यको नाम भने खुलाइएको छैन ।