पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

विद्युतीय गाडीको आयात बढ्दा राजस्व घट्यो :अर्थमन्त्री महत

२०८० कार्तिक २४, शुक्रवार २१:१४ बजे

काठमाडौं :अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय कार बढ्दा राजस्व घटेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै उनले पहिला इन्धन गाडी आउँदा ३०० प्रतिशत कर उठाउने गरेको भए पनि अहिले घटेको बताए ।
विद्युतीय गाडीबाट घटीमा १० प्रतिशत हुने र बढीमा ३० प्रतिशतसम्म राजस्व संकलन हुने बताए । ईभीलाई प्रोत्साहन गर्दा राजस्व घटेको उनको दाबी छ ।
चालु आव सुरु भएयता अर्थतन्त्रमा केही ठोस सुधारको आधार सृजना भएको उनले बताए । राजस्वमा भने सुधार हुन नसेकेको स्वीकारेका छन् । नेपालमा सामाजिक सञ्जालबाट कर उठाउन नसकेको भन्दै उनले अब दर्ता गराएर करको दायरामा ल्याउन बाँकी रहेको बताए ।