पाठशाला न्यूज
 २०८१ बैशाख २२, शनिबार    

लागुऔषध खैरो हिरोइन सहित दुई जना पक्राउ

२०८० माघ २६, शुक्रबार २१:४२ बजे

जलेश्वर सर्राफ 

वीरगंज- जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध खैराे हिराेइनसहित दुई जनालाई पक्राउ गरेकाे छ । 

पर्सा प्रहरीले खैराे हिराेइन सहित पटेर्वा सुगाैली गाउँपालिकाबाट एक जना पुरुष र वीरगंज महानगरपालिका वडा नं २१ हनुमान चोकबाट एक जना महिलालाई लागुऔषध सहित नियन्त्रणमा लिएकाे हाे । 

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले पटेर्वा सुगौली गाउँपालिका वडा नं. ५ निचुटा निवासी २० बर्षिय फुलेमन मुखियालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

मुखियाको घरमा खैरो हिरोइन लागुऔषधको बिक्री वितरण भैरहेकाे सूचना प्राप्त भई खटिएको प्रहरी टोलीले निज मुखियाकाे घरमा खानतलासी गर्दा लागु औषध फेला परेपछि उनलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जनाएका छन्।

मुखियाकाे घरबाट खैरो हिरोइन २ ग्राम १३ मि.ग्राम, चरेश जस्तो देखिने पदार्थ १४ ग्राम ४७ मि.ग्राम, सेतो पदार्थ १ ग्राम ९४ मि.ग्राम, डिजिटल तराजु १ थान र नगद रु २९ हजार ७० रुपैया फेला पारेको प्रवक्ता थापाले जानकारी दिएका छन्।

यसैगरी प्रहरी चौकी परवानीपुरबाट खटिएको टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं.२१ हनुमान चोक स्थित सडकखण्डबाट वीरगंज महानगरपालिकाकाे वडा नं.२१ परवानीपुर निवासी ३० बर्षिय फुलसन खातुनलाई नियन्त्रणमा लिएकाे छ । 

हनुमान चोक स्थित सडकखण्डमा खटिएको प्रहरी टोलीले वीरगंजबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नम्बरको सार्बजनिक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा सवार खातुनको साथमा रहेको कालो ह्याण्ड ब्याग भित्र लुकाई छिपाई राखेको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ २० प्याकेट गरी जम्मा १०५ ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरी चाैकी परवानीपुरका बरिष्ठ प्रहरी नायब निरिक्षक याेगेन्द्र थापाले जानकारी दिए ।

पक्राउ परेका दुबै जना विरुद्द लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थपगरी अनुसन्धान कार्य भैरहेकाे पर्सा प्रहरीले जनाएकाे छ ।