पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

राष्ट्रिय सभा निर्वाचन : आज उम्मेद्वारको अन्तिम नामावली प्रकाशन

२०८० पौष २७, शुक्रबार १०:२७ बजे

काठमाडौँ : अगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मनोनयन दर्ता गराएका उम्मेदवारहरूको अन्तिम नामावली आज प्रकाशन हुँदै छ । राष्ट्रिय सभामा रिक्त १९ पदका लागि पुस २३ गते आठ राजनीतिक दलका ५२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
आज उम्मेदवारहरूले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । आजै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । भोलि ती उम्मेदवारहरूलाई शनिबार निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था रहेको छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।