पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

सर्राफ हत्यामा संलग्न आशंका गरिएका तिन भारतीय सहित ६ जना पक्राउ

२०८० कार्तिक १४, मंगलबार १०:२० बजे

काठमाडौं- बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीन भारतीयसहित छ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तीन जना भारतीय नागरिक र तीन जना नेपाली नागरिक रहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। पक्राउ परेकाहरुको नाम भने प्रहरीले खुलाएको छैन।

प्रहरीका अनुसार सोमबार दिउँसो दुई वटा मोटरसाइकल चढेर आएका चारजनाको समूहले सर्राफमाथि गोली प्रहार गरेका थिए।

टाउको र छातीमा गोली लागेर गम्भीर घाइते भएका सर्राफको उपचारका क्रममा वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो।