पाठशाला न्यूज
 २०८१ बैशाख २५, मंगलबार    

काभ्रेमा अज्ञात समूहद्वारा करोडौँको बुद्धचित्तको रुख काटियो

२०८० चैत्र ३०, शुक्रबार ११:४५ बजे

काभ्रे : काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको करोडौँ पर्ने बुद्धचित्तको रुख अज्ञात समूहले काटेको छ ।
बुद्धचित्त काटेकै स्थानमा चार थान सकेट बम भेटिएको काभ्रे प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलमा पुगेर थप अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी र सेनाको टोली घटनास्थलमा रहेको बम निष्क्रिय गर्न पुगेको जनाइएको छ ।
बुद्धचित्त मालाको बोट अपरिचित समूह आई काटेको हो । बोट काटिएको स्थानमै, घरको ढोका र आँगनमा ४ वटा घरेलु सकेट बम राखिएको र सो नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट फेला परेको प्रहरीको भनाइ छ । प्रहरील थप अनुसन्धान गरिरहेको छ ।